संघद्वारा वैदेशिक रोजगारीमा एकाधिकार लागू गर्ने प्रयासको विरोध
मेरोन्यूज
२०८० वैशाख २५ गते ८:१८

काठमाडौँ । नेपाल वैदेशिक रोजगार संघले वैदेशिक रोजगारमा व्यवसायीको आवरणमा रहेका केही व्यक्तिहरूले मलेसिया, साउदी अरव र युएईमा वैदेशिक रोजगारमा कामदार पठाउने सिलसिलामा पूरा गर्नुपर्ने प्रक्रियाहरू एकाधिकार लागू गराउन लागेको भन्दै विरोध गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले विज्ञप्ति जारी गर्दै जुनसुकै प्रकारका नाममा खडा गरिने एकाधिकारको विरोध गरिने उल्लेख गरेका छन् ।
खुल्ला प्रतिष्पर्धाबाट डराई एकाधिकार लागू गर्न खोजेका कम्पनीहरू गैरकानुनी काम गर्न लागेको भन्दै विज्ञप्तिमा भण्डारीले त्यस्ता संस्थाहरूलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारबाट इजाजत प्राप्त सम्पूर्ण व्यवसायीले व्यवसाय गर्न पाउने वातावरण निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।

सम्बन्धित
















आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया