मुगु हिमपहिरोमा परेकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन

मुगु । मुगुको कार्मारोङ गाउँपालिका च्यार्खु लेकमा हिमपहिरोमा परेकाहरुको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ।
यार्सागुम्बा संकलन गर्न अवैध बाटो भएर च्यार्खु लेक पुगेका पातारासी र छायानाथ राराका १५ जनामध्ये तीन जना शुक्रबार हिमपहिरोमा परेका थिए।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाका अनुसार हिमपहिरोमा परी एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । च्यार्खु लेकबाट फर्केकाहरूले प्रहरीलाई हिमपहिरोमा पुरिएर पातारासी गाउँपालिका–२ का तल्फीगाउँका ३६ वर्षीय पुत्र सार्कीको मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहरा बेपत्ता भएको जानकारी दिएका छन् ।
सूचनापश्चात आइतबार परिचालन गरिएको प्रहरीको टोली घटनास्थलको भेउ पाउन नसक्दा फर्किएको प्रहरी आज बिहानैदेखि हेलिकप्टर परिचालन गरी बेपत्ताहरूको खोजी गरिरहेको छ ।
घटनास्थल चार हजार मिटर माथि रहेको र व्यापक हिउँ जमेका कारण यकिन ठाउँ पत्ता लगाउन कठिन रहेकाले ठाउँ पहिचान गर्न सजिलो होस् भन्नका लागि प्रत्यक्षदर्शीलाई पनि उद्दार टोलीसँगै लैजान लागिएको प्रजिअ गापाले बताए ।
हेलिकप्टरसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब २२ जनाको टोली परिचालन गरिएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया