नवाजुद्दीनकी श्रीमती आलियाले मुद्दा फिर्ता लिने, चिठ्ठी लेखेर मागिन् माफी

काठमाडौं । अभिनेता नवाजुद्दीन सिद्दिकी पत्नी आलिया सिद्दिकीले उनलाई पत्र लेखेर माफी मागेकी छिन् । उनले नवाज र उनको परिवार विरुद्धको मुद्दा फिर्ता लिने कुरा पनि गरेका छन् ।
पतिको गल्तीलाई माफ गर्दै आलियाले अगाडि बढ्ने र भविष्यलाई राम्रो बनाउन प्रयास गर्ने कुरा बताइन्।
छोराछोरीको पढाइको सिलसिलामा दुबईमा बस्दै आएकी आलियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक चिठी लेखेकी हुन् । उनले लेखेकी छन्, ‘हेलो नवाज, यो चिठी तपाईको लागि हो । धेरै ठाउँमा सुनेको र पढेको छु, जिन्दगी भनेको चलिरहने प्रकिृया हो ।” उनले आफ्नो लडाइँ बालबालिकाका लागि भएको बताएकी छन् ।
आलियाले लेखेकी छिन्, ‘पछिल्ला केही महिनामा हामीबीच जे पनि भयो, म ती सबै कुरा बिर्सन्छु र आफ्नो गल्तीको लागि माफी माग्छु । तिम्रा गल्तीहरु पनि माफ गर्दै अघि बढ्छु र भविष्यलाई राम्रो आकार दिने प्रयास गर्नेछु।’
आलियाले नवाजुद्दिनलाई लेखेको पत्रमा आफूबाट आर्थिक सहयोग पनि नचाहिने बताएकी छन् । आलियाले भनिन्, ‘म आफ्नो स्वामित्वमा रहेको घर बेचेर नवाजको फिल्म निर्माणका क्रममा लिएको ऋण चुक्ता गर्न चाहन्छु । पतिको स्वास्थ्य लाभको कामना गर्दै आलियाले बच्चाको राम्रो हेरचाह गर्ने पनि लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘विगतलाई पछाडी राख्दै र यस्ता गल्तीहरू दोहोरिन नदिने वाचा गर्दै बालबालिकाको भविष्य सुनौलो उज्यालोले भर्ने वाचा गर्छु ।’


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया