मेस्सी निलम्बनपछि पुनः पिएसजीसँग प्रशिक्षण सुरू

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्लबको अनुमतिबिना साउदी अरब भ्रमण गरेको भन्दै अर्जेन्टिनाका सुप्रसिद्ध स्ट्राइकर लियोनल मेस्सीलाई निलम्बन गरेपनि सोमबार पुनः प्रशिक्षणमा सहभागी गराएको छ ।
पिएसजीले सामाजिक सञ्जालमा मेसीको तस्बिर पोस्ट गर्दै भनेको छ, “लियोनल मेस्सी सोमबार बिहान प्रशिक्षणमा फर्किएका छन् ।”
अप्रिल ३० मा लिग वानमा लोरिएन्टसँग पीएसजीको घरेलु मैदानमा ३-१ को हार बेहोरेका मेसी अर्को दिन पर्यटन दूतको रूपमा व्यावसायिक गतिविधिमा भाग लिन साउदी अरब जाँदा टोलीको प्रशिक्षण सत्रमा उपस्थित थिएनन् ।
मेसीले पछि क्लब र आफ्ना टोलीका साथीहरूसँग माफी मागेका थिए । मेसीको पुनरागमनको सोमबारको घोषणासँगै उनी शनिबार अजासिओविरुद्धको पीएसजीको अर्को लिग खेलका लागि उपलब्ध हुने सम्भावना छ ।
सन् २०२१ मा फ्रि एजेन्टका रुपमा पेरिस आइपुगेका ३५ वर्षीय फिफा विश्वकप विजेता मेस्सीले ७१ खेलमा ३१ गोल गर्नुका साथै ३४ असिस्ट गरेका छन् ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
एनपिएलमा पहिलोपटक विदेशी कप्तान
प्रतिक्रिया