आईपीएलमा पञ्जाबलाई हराउँदै कोलकाता पाँचौं स्थानमा उक्लियो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ ।
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । कोलकाताका लागि कप्तान नितिश राणाले सर्वाधिक ५१, आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन बनाए ।
पञ्जाबका राहुल चाहारले २, हरप्रित बरार र नाथन इल्सले एक, एक विकेट लिए ।
घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७, जितेश शर्माले २१, साहरुख खानले २१ रन जोडे ।
कोलकाताका वरुण चक्रवतीले ३, हर्षित राणाले २ विकेट लिए ।
जितसँगै कोलकाता ११ खेलमा १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लियो भने समान खेलमा १० अंक रहेको पञ्जाब सातौँ स्थानमा छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया