आईपीएलमा पञ्जाबलाई हराउँदै कोलकाता पाँचौं स्थानमा उक्लियो

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई ५ विकेटले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ ।
जितका लागि १ सय ८० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । कोलकाताका लागि कप्तान नितिश राणाले सर्वाधिक ५१, आन्द्रे रसेलले ४२ तथा जेसन रोयले ३८ रन बनाए ।
पञ्जाबका राहुल चाहारले २, हरप्रित बरार र नाथन इल्सले एक, एक विकेट लिए ।
घरेलु मैदान इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।
पञ्जाबका कप्तान शिखर धवनले सर्वाधिक ५७, जितेश शर्माले २१, साहरुख खानले २१ रन जोडे ।
कोलकाताका वरुण चक्रवतीले ३, हर्षित राणाले २ विकेट लिए ।
जितसँगै कोलकाता ११ खेलमा १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लियो भने समान खेलमा १० अंक रहेको पञ्जाब सातौँ स्थानमा छ ।









मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य बैंकमार्फत
मन्त्रिपरिषद्का निर्णयः ‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र, भदौ २३ गते ‘जेनजी’ सहिद दिवस
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो
बैकुण्ठ अर्याल सचिवमा बढुवा
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल
इमरान खानको अवस्थाबारे पाकिस्तानी सिनेटरले के भने ?
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सुदूरपश्चिमविरूद्ध पहिला ब्याटिङ गर्दै जनकपुर
प्रतिक्रिया