एकै साथ ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौ । वैशाख सुशिला भुसालद्धारा लिखित दुई उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा ती दुई उपन्यासको लोकापर्ण गरेका छन् । उनले कठघरा उपन्यास १० बर्षे सशस्त्र जनयुद्धलाई केन्द्रीत भएर लेखिएको भन्दै त्यतिबेला मानिसहरुको रोजाई हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको बताएका छन् । उनले माओवादी सशस्त्र द्धन्द र त्यसको अवतरणपछि नेपालीमा समाजमा पारेको कुरालाई उपन्यासमा उल्लेख गरिएको बताए ।
उपमहासचिव ज्ञवालीले एलो सुइटमा सम्पत्तिले सन्तुष्टि प्राप्त गर्न सकिदैन भन्ने कुरा समेटिएको बताएका छन् । उनले भुसालले दुवै उपन्यासलाई सवैले बुझ्ने गरि नेपाली समाजको यर्थातलाई पस्केको बताए । पुस्तकमाथि बासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको उनले बताए ।
उपमहासचिव ज्ञवालीले कठघरा उपन्यासमा नेपाली समाजलाई नचाहदा नचाहदै सशस्त्र युद्धमा कसरी सामेल भए र हतियारलाई हेनेृ दृष्टिकोण कस्तो थियो भनेर लेखक भुसालले सरल भाषामा लेखेको बताए । उनले नेपालको वामपन्थी आन्दोलनभित्रको एउटा घार र प्रवृतिका अनेकन् दृश्यलाई उपन्सायमा समेटिएको बताए । ज्ञवालीले कठघरा उपन्यासले वामपन्थी आन्दोलनसंग सरोकार राख्ने पछिल्ला घटनाबारे पाठकलाई जानकारी समेत गराइएको बताए ।
एलो सुइटमाथि टिप्पणी गर्दै डा. विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताईन् । उनले उपन्यासले सामुहिक नेतृत्व निर्माण गर्न महिलाले खेलेको भूमिकाको चित्रण गरिएको बताइन्।
यस्तै राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गिय पक्षमा साहित्य हुनुपर्ने बताए ।
लेखिका भुसालले उपन्यासमा १७ बर्षको अनुभवमा आफूले देखे भोगेका कुरालाई उतारिएको बताईन् । उनले कठघरा माओवादी सशस्त्र द्धन्द र येलो सुइट होटल व्यवसायमा काम गर्ने एकजना महिला कामदारको कथा रहेको बताइन् ।










इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया