मन्त्री मोदी र इन्टरनेशनल आइडियाका महासचिवबीच भेटवार्ता

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र इन्टरनेशनल आइडियाका महासचिव केभिन कासास–जामोराबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा महासचिव केभिन नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता भएको हो । नेपाल भ्रमणमा रहेका महासचिव केभिन र मन्त्री मोदीबीच दुई पक्षीय हितका सन्दर्भमा कुराकानी भएको छ ।
भ्रमणका क्रममा महासचिव केभिनले संघीयताको सबलीकरण र स्थानीय तहको सशक्तिकरणका लागि आफूहरुले क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
महासचिव केभिनले हालसम्म इन्टरनेशनल आइडियाको ३४ राष्ट्र सदस्य रहेकाले नेपाल पनि यसको सदस्य हुन आग्रह गरे । भेटका क्रममा मन्त्री मोदीले संघीयता र स्थानीय तहसँगै नेपालका आदिवासी जनजाति, थारु, महिला लगायतका पिछडा वर्गका क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
आइडिया इन्टरनेशनलको नेपाल सदस्य हुनका लागि आफूले पहलकदमी लिने समेत उनले बताए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया