कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले मुलुकभरका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।
राति पहाडी भू–भागमाआंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध रहेको छ।

















म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी
आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
प्रतिक्रिया