सोमबार, मंसिर १५, २०८२

बेंगलोरलाई ६ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो

मेरोन्यूज २०८० वैशाख २७ गते ६:३४

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा घरेलु मैदान वाङखडे स्टेडियममा भएको खेलमा मुम्बईले २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर भेट्टायो ।

छैटौं जितपछि ११ खेलबाट १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा उक्लिँदै प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

मुम्बईका लागि सूर्य कुमार यादवले ८३, रन बनाए । नेहालले ५२, ओपनर इशन कसनले ४२ रन बनाए ।

बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले २,२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बलमा ८ चौका र ४ छक्का मद्दतमा ६८, डु प्लेसिसले ४१ बलमा ६५, दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १ विकेट लिए ।

प्रतिक्रिया