महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष जोशीको सम्मान व्यक्त

काठमाडौँ । “सबल बैंक, सफल सहकार्य”को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा विगत २८ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकासप्रतिको चाहानालाई सम्मान गर्न उनीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।
भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याउनु भएको योगदानको कदर गर्न तथा उनको जीवन कालमा राखेको चाहानालाई मूर्त रुप प्रदान गर्न यस बैंकले पुस्तक प्रकाशानर्थ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो ।
लोक कथा तथा लोकगीत संकलन गर्ने, लोक साहित्य संस्कृति तथा कलासम्बन्धी अध्ययन अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने जस्ता कार्यमा सक्रिय प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष जोशीद्वारा रचित पुस्तक चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा मिति २०८०/०१/२७ गते बेलुका ५ बजे यस बैंकको उपस्थीतीमा एक समारोहको बिच लोर्कापण भएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।


















रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
बेलायतद्वारा युक्रेनलाई सहयोग घोषणा
मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया