आइपीएलः गुजरातमाथि मुम्बईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।
मुम्बईले दिएको २१९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा १९१ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि रसिद खानले अविजित ३२ बलमा ७९ रन बनाए । यस्ते डेभिड मिलरले ४१, विजय शंकरले २९, रसिद खानले २५ रन र राहुल तेवाटियाले १४ रन बनाए ।
मुम्बईका लागि बलर आकाश मडवालले ३ विकेट लिए । यस्तै पियुश चावला र कुमार कर्तिज्ञले समान दुई दुई विकेट लिए । जेशन ब्रेनड्रफले एक विकेट लिए ।
यसअघि वानखडेमा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले अविजित १०३ रनको शतकिय पारि खेले । यस्तै इशान किसान ३१, विष्णु विनोद ३०, रोहित शर्मा २९ र नेहाल वादिराले १५ रन बनाए ।
गुजरातका लागि बलर रसिद खानले ४ विकेट लिए । यस्तै मोहित शर्माले एक विकेट लिए ।
यससँगै मुम्बई १२ खेलबाट १४ अकंका साथ तेश्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको गुजरात १२ खेलमा १६ अंक रहेको छ ।
















बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया