जान्नुहाेस् आजको हरियो तरकारी तथा फलफूलको बजारभाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको तोकेको छ । समितीले सार्वजनिक गरेको विवरणकाअनुसार आज दसहरी आँप र मालदह आँपको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आइतबार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा २०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी राखिएको छ ।
त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, घिरौला ६० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।
साथै ब्रोकाउली १६० रुपैयाँ, भान्टा लाम्चो ४० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा पाइने छ र चाइनिज सुकेको लसुन २५० रुपैयाँ र हरियो धनिया ५० रुपैयाँ पाइने समितिको विवरणमा उल्लेख छ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा बहस सकियो
अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया