बिहीबार, वैशाख ३, २०८३

प्रकाश सुवेदीलाई पुजाको चुनौती- आइन्दा मेराेबारेमा समाचार नबनाउनु

मेरोन्यूज २०८० वैशाख ३१ गते १३:३४

काठमाडौं । अभिनेत्री पुजा शर्माले पत्रकार प्रकाश सुवेदीलाई आफ्नाबारे कुनै समाचार नबनाउन आग्रह गरेकी छन् । शुक्रबार एक ‘अर्वाड शो’ पुगेकी अभिनेत्री पुजाले मिडियाकर्मीसंग बाेल्दै पत्रकार सुवेदीलाई यस्तो आग्रह गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले भनिन्, ‘प्रकाश सुवेदीजी प्लिज तपाईलाई म मन पर्दैन भने मेराबारे कुनै समाचार नबनाइदिनुहोला ।’ उनले आफ्नाबारे कुनै कन्टेन्ट, तस्बिर पनि प्रयोग नगर्न सुवेदीलाई चुनौती दिएकी छन् ।

पुजाले भनिन्, ‘तपाईलाइ कुनै कुराको जानकारी छैन भने यसबारे बोल्ने तपाईलाइ कुनै अधिकार पनि छैन । तपाईको इगो आफ्नो ठाउँमा राख्नुस् र त्यसमा मलाई प्रयोग नगर्दिनुस् ।’

पुजाले हालै चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीसँग जोडिएको विवादबारे पनि बोलेकी छन् । उनले क्यामेराका अगाडी आफु कुनै बनावटि नगर्ने र भित्र जे हो त्यही देखाउने स्वभावको भएको बताइन् ।

प्रतिक्रिया