फरार टोपबहादुर काठमाडौँबाट पक्राउ
अर्घाखाँचीदेखिकै छिमेकी नारायण पौडेलको बुढानीलकण्ठ पासिकोटस्थित निवासमा लुकेर बसेको अवस्थामा रायमाझी पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौँको बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट आज साँझ पक्राउ गरेको हो ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसबेला अर्घाखाँचीमै रहेका उनले प्रहरीलाई अनुसन्धानमा सघाउने भन्दै काठमाडौं आउने बताएर फरार भएका थिए । आइतबार उनलाई बुढानीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरमा लुकेर बसिरहेको बेला रायमाझीलाई प्रहरीले पक्राउ गरिएको हो। पौडेल रायमाझीका साथी हुन्। उनी अर्घाखाँचीदेखिकै रायमाझीका छिमेकी पनि हुन् ।
यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई २० वैशाखमा नै पक्राउ गरेको थियो ।
यसअघि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै १२ जना पक्राउ गरिसकेको छ । पक्राउ पछि उनलाइ अहिले काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ ।
















137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
उम्मेदवारसँग मतदाताको माग- ‘आश्वासन होइन, विकास चाहिएको छ’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया