मंगलबार, माघ २०, २०८२

रोमानिया पठाइदिने भन्दै १८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०८० जेठ १ गते १८:५८

काठमाडौँ । रोमानिय पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा बागलुङ नगरपालिका ७ घर भएका एक जना पक्राउ परेका छन् । काठमाडौँ टोखा नगरपालिका ९ जाल्पाचोक बस्दै आएका ३४ वर्षीय विशाल विश्वकर्मा पक्राउ परेका हुन् ।

विंक.समेतले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाएर प्रतिष्ठित कम्पनीमा एक लाख रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १८ लाख रुपैयाँ ठगी गरेकाले पक्राउ गरिएको हो ।

उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया