किएभमाथि पुनः रुसी आक्रमण

रुसले मङ्गलबार युक्रेनको राजधानी किएभमाथि पुनः आक्रमण सुरु गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको छोटो युद्धविरामपछि चिसो मौसमको बीचमा नयाँ आक्रमण भएको हो ।
राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिसो मौसममा किएभ र अन्य सहरहरूमा आक्रमण रोक्न सहमति जनाएको जानकारी दिए । क्रेमलिनले युद्धविराम आइतबारसम्म लागू हुने बताएको छ । तर युक्रेनले मस्कोको आक्रमण नरोकिएको स्पष्ट पारेको छ ।
किएभ सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले रातभर कडा चिसोका बीच अर्को ठूलो आक्रमण गरेको हो । आपतकालीन सेवाले किएभमा तीन जना घाइते भएको जनाएको छ ।
पूर्वी सहर खार्किवमा भएको रुसी गोलाबारीमा दुई जना घाइते भएको क्षेत्रीय सेना प्रमुख ओलेग सिनेगुबोभले जानकारी दिए । उनका अनुसार घन्टौँ लामो आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै सहरलाई चिसोमा तापविहीन बनाउने उद्देश्य राखेको थियो ।
अधिकारीहरूले प्रणाली सुरक्षित राख्न ८०० भन्दा बढी घरमा अस्थायी रूपमा ताप कटौती गर्नुपरेको बताएका छन् । आवश्यक परेमा सर्वसाधारणलाई चौबीसै घण्टा सञ्चालनमा रहेका सुरक्षित केन्द्रहरूमा जान आग्रह गरिएको छ ।
किएभमा रातिको तापक्रम माइनस १७ डिग्री सेल्सियस र खार्किवमा माइनस २३ डिग्री सेल्सियससम्म झरेको छ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणले यसै महिनामा चार वर्ष पूरा गर्दैछ । वासिङ्टनले शान्ति सम्झौताका लागि प्रयास गरिरहेको भए पनि अबु धाबीमा भएको प्रारम्भिक वार्ता सफल हुन सकेन । वार्ताको दोस्रो चरण बुधबार सुरु हुने अपेक्षा गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हालको तनाव घटाउने प्रयासले विश्वास निर्माणमा सहयोग पुगेको बताएका छन् । तर क्षेत्रीय नियन्त्रणको विषय अझै विवादकै रूपमा रहेको छ । रुसले डोनेट्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण चाहेको छ, जसलाई किएभले अस्वीकार गर्दै आएको छ ।
एएफपीको विश्लेषणअनुसार जनवरी महिनामा रुसी सेनाले युक्रेनमा आफ्नो अग्रगमनलाई तीव्र बनाएको देखिन्छ । सो अवधिमा करिब ४८१ वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिइएको छ । यो अघिल्लो महिनाको तुलनामा झन्डै दोब्बर हो ।
















किएभमाथि पुनः रुसी आक्रमण
निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया