औषधसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८० जेठ १ गते २१:४१
काठमाडौँ । धनुषामा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
प्रहरीले सोमबार बिहान लागु औषधसहित भारत बिहार मधुवनी जिल्ला रजौल ५ बस्ने ४० वर्षीय कारी दासलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ बि ६१२५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइकलको लेगगार्डमा प्लाष्टिकको बोरामा एक्सिप्लोन एक सय एमएलको ५० बोतल लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय धनुषामा थप अनुसन्धानका लागि राखिएको छ ।
सम्बन्धित
















137 crocodiles released in Rapti river
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
युवालाई प्रधानमन्त्री कार्कीको आग्रह : अनुशासित भएर राष्ट्रको सेवामा लाग्नुस्
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
उम्मेदवारसँग मतदाताको माग- ‘आश्वासन होइन, विकास चाहिएको छ’
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया