मंगलबार, मंसिर १६, २०८२

गुजरातसँग पराजित भएपछि आईपीएलको उपाधी होडबाट बाहिरियो हैदरावाद

मेरोन्यूज २०८० जेठ २ गते ६:४२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि होडबाट सनराइजर्स हैदरावाद बाहिरिएको छ । गयराति भएको खेलमा गुजरात टाइटन्ससँग ३४ रनले पराजित भएपछि हैदरवाद उपाधी होडबाट बाहिरिएको हो ।

गुजरातले भने गएक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको छ ।

१३ खेलबाट १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । गुजरातले शीर्ष दुईमा रहने पक्का छ र सिधै क्वालिफायर खेल्नेछ । गजरातले अब लिगमा बेंगलोरसँग खेल्न बाँकी छ ।

आठौं हार बेहोरेको हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले शुभनम गिलको शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । गिलले ५८ बल खेल्दै १३ चौका र १ छक्का मद्दतमा १०१ रन बनाए ।

साई सुदर्शनले ४७ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए ।

१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ५४ र भुवनेश्वर कुमारले २७ रन जोडे ।

गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले ४, ४ विकेट लिए ।

प्रतिक्रिया