सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।
सूचना तथा प्रविधि क्षेत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना भित्र पर्दछन् । २ पटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जन भन्दा बढी व्यावसायमा संलग्न रहेका छन् ।
‘मेरो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याईनेछ’ उनले भने ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।’ यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भई उनले सफल कार्यकाल पुरा गरिसकेका छन् ।
मनोनयको प्रमाणपत्र बितरण गदै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसंगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोग सहित महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।
















आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया