सनराइजर्स हैदरावाद बैंग्लोरसँग ८ विकेटले पराजित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल)मा खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको हैदरावादले पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो । जवाफमा बैंग्लोरले ४ बल अगावै दुई विकेट गुमाएर १८७ रन बनायो ।
बैंग्लोरका लागि विराट कोहलीले शतक प्रहार गरे । कोहलीले ६२ बलमा आफ्नो शतक पूरा गरे । फाफ डुप्लेसिसले ७१ रन बनाए ।
हैदरावादका लागि भुवनेश्वर कुमार र टी नटराजनले एक एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको हैदरावादका लागि हेनरिक क्लासेनको ५१ बलमा १०४ रन बनाए । उनले आठ चौका र छ छक्का प्रहार गरे । बैंगलोरका लागि माइकल ब्रेसवेलले दुई विकेट लिए ।
बैंगलोरका लागि माइकल ब्रेसवेलले दुई विकेट लिए ।
जितसँगै बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । बैंग्लोर १३ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा उक्लेको छ र शीर्ष चारको होडमा कायम छ ।
















अमेरिकाद्वारा इरानमा जमिनमा आधारित सैन्य कारबाहीको तयारी -रिपाेर्ट
आज केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया