ए डिभिजन लिगः एपीएफमाथि हिमालयन शेर्पा विजयी
मेरोन्यूज
२०८० जेठ ५ गते १८:०४

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पाले एपीएफलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।
हिमालयन शेर्पाको जितमा खामिर गिल्सन, पिस्टोन मुटुम्बा र अबायोमी फाकुन्लेले एक एक गोल गरेका थिए । त्यस्तै एपीएफका सनिश श्रेष्ठ र युवराज खड्काले एक एक गोल गरेका थिए ।
जारी लिगमा हिमालयन शेर्पाको यो छैटौं जित हो । यो जितपछि हिमालयन शेर्पाको १९ खेलमा २४ अंक भएको छ । त्यसैगरी एपीएफको १९ खेलमा २२ अंक रहेको छ ।
त्यसैगरी आजै सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लब र खुमलटार क्लब २(२ गोलको बराबरीमा रोकिएका छन् ।
यो बराबरीपछि त्रिभुवन आर्मी क्लबको १९ खेलमा २६ अंक भएको छ भने खुमलटारको १९ खेलमा १८ अंक भएको छ ।
सम्बन्धित
















अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया