मंगलबार, मंसिर १६, २०८२

प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन

मेरोन्यूज २०८० जेठ ६ गते ७:४४

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गरेका छन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री दाहालले बन्दुक पड्काएर म्याराथनको उद्घाटन सुरु गरेका हुन् ।

प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपले म्याराथनमार्फत वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्‍याएको बताए । उनले यस मिडिया ग्रुपले हरेक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएको बताए ।

यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । हाफ म्याराथन (२१.१ किमि०), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झन्डै ४ हजार ७ सय सहभागी हुने आयोजक कान्तिपुर पब्लिकेशन्स्ले जनाएको छ ।

सिटी म्याराथनको अवधारणामा राखिएको कान्तिपुर हाफ म्याराथनमा कलेज रन पहिलो पटक राखिएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघले वार्षिक क्यालेन्डरमा राख्दै आएको छ ।

प्रतिक्रिया