कोलकातालाई हराउँदै लखनउ आईपीएलको प्लेअफमा

काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ प्लेअफमा पुगेको हो ।
घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिंकु सिंहले सानदार ब्याटिङ गरे पनि कोलकाताको जितको नजिक पुगेर पराजित भयो ।
रिंकुले ६७ रन बनाए पनि १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ विकेट गुमाएर १७५ रन बनायो ।
रिंकुले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । ओपनर ज्यासन रोएले ४५, वेनकाटेश अयेरले २४ रन बनाए ।
लखनउका रवि बिश्नोइ र यश ठाकुरले २, २ तथा क्रुनल पाण्ड्या र कृष्नपप्पा गोथामले एक, एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निकोलस पुरनको उत्कृष्ट ब्याटिङमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।
पुरनले ३० बलमा ४ चौका र ५ छक्काकोे मदतमा ५८ रन बनाए । आयुष बदोनीले २५, क्वेन्टन डे ककले २८ र प्रेरक मानकाडले २६ रन बनाए ।
कोलकाताका वैभव आरोरा, शार्दुल ठाकुर र सिनल नारिनले २,२ तथा हर्शित राना र वरुण चक्रवर्तीले एक, एक विकेट लिए ।
जितपछि लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफ पुगेको हो । गत सिजन आईपीएलमा डेब्यु गरेको लखनउ लगातार दोस्रो सिजन प्लेअफ पुगेको हो । यसअघि नै साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा पुगिसकेका छन् ।
शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । लखनउले भने चौथो हुने टिमसँग एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।
प्लेअफ पुग्ने होडमा रोएल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र राजस्थान रोएल्स छन् ।
आइतबार मुम्बईले सनराइजर्स हैदरवाद तथा बेंगलोरले लिग लिडर गुजरातसँग खेल्नेछ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया