मंगलबार, माघ २०, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण

आज प्रहरीले सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने

मेरोन्यूज २०८० जेठ ७ गते ६:४४

काठमाडौँ । राज्य संयन्त्रकै मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले आइतबार (आज) टुंग्याउने भएको छ ।

शुक्रबार बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको बयान नसकिएपछि शनिबार बयान गरेर आज अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ ।

शनिबार बयान सकेको प्रहरीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको जनाएको छ ।

संगठित अपराधको ६० दिने हदम्यादअनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ । तर, समय अपुग हुँदा कतिपय विषयमा अनुसन्धान अधुरै रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया