पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार र सह-सम्पादकको ५० हजार बढी बनाउन सिफारिस

काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरूको न्यूनतम पारिश्रमिक बढाउन सरकारलाई सिफारिस गरेको छ।
समितिले आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ बनाउन सिफारिस गरिएको हो।
मन्त्री शर्माले यो प्रस्तावलाई मन्त्रिपरिषद् बैठकमा लाने बताएकी छिन्। ‘मन्त्रालयमा आन्तरिक छलफलल गरेर यो प्रस्तावलाई मन्त्रिपरिषद्मा लैजान्छु,’ मन्त्री शर्माले भनिन् ।
यदि मन्त्रिपरिषद्बाट पारित भए आगामी आर्थिक वर्षदेखि सिफारिस अनुसार पारिश्रमिक तोकिने छ।
यसअघि पत्रकारको न्युनतम पारिश्रमिक २४ हजार ६ सय तोकिएको थियो।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार मन्त्रालयमा सिफारिस गर्ने र सरकारले घोषणा गर्ने हुन्छ । त्यही आधारमा आज समितिले सञ्चारमन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पत्रकारको पारिश्रमिकका विषयमा सिफारिस प्रतिवेदन बुझाएको हो ।
समितिले पत्रकारहरूको दर्जा अनुसार पारिश्रमिक सिफारिस गरको छ । समितिले सहायक संवाददाता चौथो तहलाई ३४ हजार १ सय २५, संवाददाता पाँचौ तहलाई ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता छैँटौ तहलाई ४० हजार ९ सय, उपसम्पादक सातौँ तहलाई ४३ हजार दुई सय ७२ रुपैयाँ सिफारिस गरिएको छ ।
प्रमुख समाचारदाता नवौँ तहलाई ४८ हजार, सहसम्पादक १० औँ तहलाई ५० हजार चार सय पारिश्रमिक बनाउन सिफारिस गरिएको छ ।























इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया