सन्दीपको मुद्दामा भएन सुनुवाइ, फेरि कागज मगाउन आदेश
मेरोन्यूज
२०८० जेठ ७ गते १७:२०

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनवाई हुन सकेन । जिल्ला अदालत काठमाडौंले जाहेरीकर्ता गौशला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै सुनवाई नगरेको हो ।
न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले गौशाला २६ को जन्मदर्ता रहेको तादी गाउँपालिकाले पठाएको पत्र स्पष्ट नभएको जनाएको छ । सो गाउँपालिकाले जाहेरीकर्ताको वास्तविक जन्ममिति सम्वन्धमा पठाएको पत्र चित्तबुझ्दो नभएकाले फेरि अर्को पत्र ल्याउन इजलासले आदेश दिएको छ ।
यसैगरि, गौशला २६ को जन्म भएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको आदेशमा उल्लेख छ । इजलासले फेरि अर्को पत्र ल्याउन भनेको छ ।
सम्बन्धित















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
प्रतिक्रिया