बचतकर्ताको पैसा दिन नसकेपछि मेयर फरार, खोजी कार्य जारी
मेरोन्यूज
२०८० जेठ ७ गते १८:०३

काठमाडौँ । इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि उनी फरार भएका हुन् ।
मेयर नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनको खोजी कार्य भइरहेको छ ।
मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । आफू नआउँदासम्म कार्यवाहक समाल्नु भनेर जिम्मेवारी दिएर उनी सम्पर्कविहीन भएका हुन् ।
वैशाख ३१ को स्थानीय निर्वाचनमा नेपाली नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका थिए । यसअघि उनले विज्ञप्तिमार्फत बचत कर्तालाई निक्षेप रकम फिर्ता गर्न नसकिएको बताउँदै आएका थिए ।
सम्बन्धित
















Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
One killed, three injured in road accident
29 days to HoR Elections: More women than men in closed list for proportional representation
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया