आईपीएलमा टुंगो लाग्यो अन्तिम ४ को यात्रा तय गर्ने टोली

काठमाडौँ । एण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको खेल समाप्त भएको छ । गयराति लिग चरणको अन्तिम खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच भयो । अन्तिम खेलमा गुजरातसँग ६ विकेटले पराजित भएपछि बैंग्लोरको अन्तिम चारमा पुग्ने सम्भावना सकियो ।
पहिले ब्याटिङ गरेको आरसीबीले पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा गुजरातले १९.१ ओभरमा चार विकेट गुमाएर १९८ रन बनाउँदै बाजी मा¥यो । बैंगलोरका लागि विराट कोहलीले १०१ रन बनाए भने गुजरातका लागि शुभमन गिलले १०४ रन बनाए ।
या खेलसँगै १० टोलीबाट ४ टोली अन्तिम चार स्थानका लागि छानिएका छन् । गुजरात, चेन्नाई, लखनउ र मुम्बई अन्तिम चारमा पुगन सफल भएका हुन् ।
अब एलिमिनेटर खेलमा लखनउले मुम्बईको सामना गर्नेछ । त्यस्तै, पहिलो क्वालिफायरमा गुजरातले चेन्नईको सामना गर्नेछ । प्लेअफमा चौथो स्थानमा पुग्न आरसीबीले गयरातिको खेल जित्नुपर्ने भएपछि हारेपछि बाहिरिन बाध्य भयो ।
थियो तर कोहलीको टोली त्यसो गर्न सकेन र प्लेअफबाट बाहिरियो।
टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीका लागि विराट कोहलीले अविजित १०१ रन बनाए । फाफ डुप्लेसिसले २८, ग्लेन म्याक्सवेल ११, माइकल ब्रेसवेलले २६, अनुज रावतले २३ रन बनाए । गुजरातका लागि नूर अहमदले दुई, तथा मोहम्मद शामी, यश दयाल र राशिद खानले एक एक विकेट लिए ।
१९८ रनको लक्ष्य पछ्याएको गुजरातका लागि शुभनम गिलले अविजित १०४ रन बनाए । ऋद्धिमान साहा १२, विजय शंकर ३५ बलमा ५३ रन बनाए ।
आरसीबीका लागि मोहम्मद सिराजले दुई विकेट लिए । विजयकुमार र हर्षलले एक–एक विकेट लिए ।















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया