फरार भएको १६ वर्षपछि बलात्कारपछि हत्या गरेर भाग्ने दुई पक्राउ
मेरोन्यूज
२०८० जेठ ८ गते १०:०४

सुनसरी । बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना १६ वर्षपछि पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्षदेखि फरार रहेका धनकुटा शहिदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले शहिदभूमी गाउँपालिकाबाट पक्राउ गरी उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपेर अनुसन्धान अगाडी बढाइएको जानकारी दिए । उनले पक्राउ पर्ने बित्तिकै दुवै जनाले आफूले गरेको अपराध स्वीकार गरेका जानकारी दिए ।
गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामालगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत
5 killed in road accident in Russia’s Krasnoyarsk Krai
चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु
Baglung village sells orange worth Rs 40 million
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंककाे गिरावट
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया