विश्वकप छनोट खेल तालिका सार्वजनिक, विश्व विजेता टोलीसँग खेल्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एक दिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
आईसीसीले विश्वकप छनोट खेल्ने १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘ए’मा जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका रहेका छन् । समूह ‘बी’मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।
विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो खेल असार ३ गते जिम्बाब्वेविरुद्ध रहेको छ । त्यसअघि नेपालले जेठ ३० गते यूएई र जेठ ३२ गते ओमानसँग वार्मअप म्याच खेल्ने छ ।
नेपालले समूह चरणअन्तर्गतको दोस्रो खेल असार ५ गते अमेरिकाविरुद्ध खेल्नेछ । असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्ने छ ।
हरेक समूहको शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा पुगेका टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । त्यसमध्येबाट शीर्ष दुई टोली भारतमा हुने एक दिवसीय विश्वकप खेल्न पाउने छन् ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिसकेको छ ।















पूर्वगृहमन्त्री लेखक पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा
एमाले कार्यकर्ता र प्रहरीबीच झडप
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
प्रतिक्रिया