काभा वुमन्स् भलिबलः बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८० जेठ ९ गते १७:०८

काठमाडौं । नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा भएको खेलमा बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल पहिलो सेटमा २५-१० र दोस्रोमा २५-८ र तेस्रोमा २५-९ ले विजयी भएको हो । बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
नेपालको जितसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा कीर्गिस्तानलाई पराजित गरेको छ ।
समूह विजेतको लागि नेपाल र भारत बुधबार खेल्नेछन् ।
सम्बन्धित









वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
अन्नपूर्णमा बेपत्ता पर्यटक मृत फेला
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कपालमा पर्ने चायाबाट छुटकारा पाउने उपाएहरु यस्ता छन्
प्रतिक्रिया