भारतमा याे वर्ष सर्वाधिक कमाउने दोस्रो फिल्म बन्याे ‘द केरला स्टोरी’
मेरोन्यूज
२०८० जेठ ९ गते १८:१३

काठमाडौं । बलिउड फिल्म ‘द केरला स्टोरी’ दुई सय करोड क्लबमा सामेल भएको छ । सोमबार ४ करोड ५० लाख भारूको कमाई गर्दै फिल्म २ सय करोड क्लबमा जोडिएको हो ।
अभिनेत्री अदा शर्माको मुख्य भूमिका रहेको यो फिल्मले हालसम्ममा २०३ करोड भारू माथिको कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योसँगै ‘द केरला स्टोरी’ यस वर्ष भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ। सर्वाधिक कमाइ गर्ने फिल्मकाे पहिलो नम्बरमा शाहरूख खानको ‘पठान’ रहेकाे छ ।
फिल्म ‘द केरला स्टोरी’मा अदा शर्माकाअलावा योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकार पनि शिर्ष भूमिकामा छन् ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया