काभा महिला भलिबल : नेपाल भारतसँग पराजित
नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । अब नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रवार प्रतिष्पर्धा गर्नेछ ।
बुधवार भएको खेलमा काजकस्तान उब्जेकिस्तानलाई पराजित गर्दै समूह बी को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।
बुधवार भएको खेलमा नेपाल भारतसँग ३–१ पहिलो सेट १२–२५ ले गुमाएको थियो । पहिलो सेट सस्तैमा गुमाएपनि नेपालले त्यसपछिको सेटमा भने पुनरागमनको प्रयास गरेको थियो । प्रतिष्पर्धात्मक बनेको खेलमा नेपालले २४–२६ ले गुमाउन पुग्यो ।
निकै नै प्रतिष्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समुह उपविजेता बनेको हो । चौथो सेटमा नेपाल एक समय १८–१५ को अग्रतामा थियो । तर त्यो अवस्थाबाट भारतले प्रदर्शन गर्दै जित पक्का गर्न सफल भएको हो ।
खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीकी कप्तान अरुणा शाहीले शुरुवाती तालमेल अभावले गर्दा अपेक्षा अनुसारका खेल नभएको बताइन् । टोलीमा रिसिभ र केही सामन्य गल्ती हुँदै गर्दा पहिलो सेट गुमाउन पुगेको र अन्तर्राष्ट्रिय अनुभव नहुँदा पछिल्ला सेटमा अपेक्षा अनुसारको प्रदर्शन नभएको बताइन् ।
यस्तै बेल्जियन प्रशिक्षक जान डी ब्रान्टले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको र टोलीको सुधारका लागि अझै समय लाग्ने प्रतिक्रिया दिइन् । कप्तान अरुणाले भनेजस्तै प्रशिक्षका ब्रान्टले पनि शुरुवाती सेट गुमाएपछि बाँकी सेटमा नेपाली टोली खुलेर खेल्न नसकेको बताए ।
नेपाललाई पराजित गरेको भारत भने समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधवार नै भएको समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया