मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीको घोषणा
मेरोन्यूज
२०८० जेठ १२ गते ६:३५

काठमाण्डौ । मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका टोली घोषणा भएको हो । टोलीमा तीन नयाँ खेलाडीलाई मौका दिइएको छ ।
सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्टलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिइएको हो ।
रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । नेपालले मलेसियामा पहिलो खेल जेठ १५, दोस्रो खेल जेठ १६, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ तथा अन्तिम खेल जेठ २१ गते खेल्ने कार्यतालिका छ ।
नेपालको टोली कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी ।
सम्बन्धित
















काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
जनअपेक्षा अनुसार काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया