कुमारी बैंकले ल्यायाे १४ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०८० जेठ १२ गते १०:४३

काठमाडौं । कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत विक्री गर्ने भएको हो ।
उक्त संस्थापक शेयरमा बैंकका हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा मात्र सर्वसाधरणको लागी विक्री गरिने बैंकले जनाएको छ ।
शेयर बिक्री मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् ।
शेयर खरिद गर्न चाहनेले जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।
सम्बन्धित
















तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया