नबिल बैंक खाता खल्तीमा लिङ्क गर्दा ४३ इन्चको स्मार्ट टिभी जित्ने मौका

काठमाडाैं । खल्तीले नबिल बैंकको लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधा अन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै १०० रूपैयाँ बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टि।भी, र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन जित्न सक्नेछन्।
प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा १०० रूपैयाँ बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्ता मध्ये नै एक भाग्यशाली बिजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक हप्ता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्शन प्राप्त गर्नेछन्।
यसका साथै,खल्तीको‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १०० रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्नसक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर N160 जित्न सक्नेछन् ।
यी सेवाका साथै अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन्, “नबिल बैंकको बैंक लिङ्क सुविधा नबिल बैंक र खल्ती प्रयोगकर्ता दुवैकालागि सबैभन्दा प्रतिक्षित सुविधा मध्ये एक हो। हामीले यो सेवा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत आकर्षक अफरहरूका साथ उपलब्ध गराउन पाउँदा खुशी छौं र प्रयोगकर्ताहरुलाई पनि यस अफरले उत्साहित बनाउने आशा गर्दछौ।”
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया