मंगलबार, माघ २०, २०८२

निरा पाण्डको हत्या आरोपी विश्वकर्मा केन्द्रीय कारागार चलान

मेरोन्यूज २०८० जेठ १२ गते २०:२२

काठमाडौँ । कपनको सरस्वती नगरमा गत ७ वैशाखमा आफ्नै भाँडा पसलमा निरा पाण्डेको हत्यामा संलग्न आरोपी विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । योसँगै उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई १६ वैशाखमा झापाबाट पक्राउ गरेको थियो ।

विश्वकर्माले पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गर्नु परेको बयान दिएका थिए ।

प्रतिक्रिया