बजेट कार्यान्वयन गर्न जोड दिएर ल्याउनु पर्ने लेखकको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनु पर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने बजेट राम्रो हुने भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनु पर्ने बताएका हुन् ।
उनले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने दाबी गरे । उनले सरकारले ल्याउने बजेटको मुख्य चुनौती भनेको कार्यान्वयनको रहेको बताए ।
उनले सरकारले बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनु पर्ने बताए । उनले वर्तमान सरकारको बजेट पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताएका थिए ।
उनले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको बताएका थिए । उनले सरकारले बजेटमार्फत ल्याएका योजनाहरु तीन वर्षमा पूरा गर्ने भने पनि सात वर्षसम्म पूरा हुन नसकेको बताए ।
















तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदारद्वारा काम ठप्प
बर्ड फ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया