पत्रकार पन्थीको लेफ्ट–राइट पुस्तक जेठ तेस्रो साता बजारमा आउने

काठमाडौँ । पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा आउने भएको छ । साङ्ग्रिला बुक्सले पुस्तक प्रकाशन गरेको हो ।
लेखक पन्थीले आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा ल्याउने तयारी रहेको जानकारी दिएका छन् । साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।
पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पारेको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मण रेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरेको जानकारी दिएका छन् ।
पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरिएको छ ।
लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ । पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको छ ।
पन्थीका यसअघि डिभोर्स (२०७२), माओवादीभित्र अन्तरसंघर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया