कृषि अनुदानबारे बजेटः ‘उत्पादन साथमा, अनुदान हातमा’

काठमाडौं । सरकारले कृषि क्षेत्रमा दिँईदै आएको अनुदानलाई उत्पादनमा आधारित बनाउने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । ‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईने अर्थमन्त्री महतले बताए । उनले कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन महिना भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
बजेटमा कृषि अनुदान सदुपयोग नभएको भन्ने आम गुनासोलाई सम्बोधन गर्न सो मापदण्ड बनाउने कार्यक्रम तय गरिएको पनि स्पष्ट पारिएको छ । अर्थमन्त्री महतले भने, ‘राष्ट्रिय अर्थतन्त्रको मुख्य आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वका वृद्धि गर्न जोड दिइनेछ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणको समुचित प्रबन्ध मिलाइनेछ । खाद्य तथा पोषण सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यक्रम संचालन गरिनेछ । ‘उत्पादन साथमा, अनुदानमा हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाईनेछ । बीउ खरिद, रासायनिक मल, विमा र यान्त्रिकीकरणमा दिँइदै आएको अनुदान बाहेक सबै अनुदानलाई उत्पादनमा आधारित बनाईनेछ । यस बमोजिम अनुदान प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन आगामी साउन भित्र नयाँ मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । यसबाट कृषिमा प्रदान गरिँदै आएको अनुदान सदुपयोग नभएको भन्ने आम गुनासो सम्बोधन हुने र वास्तविक किसान लाभान्वित भई कृषि उत्पादन बढाउन सघाउ पुग्ने अपेक्षा गरेको छु ।’
बजेटमा कृषि उत्पादन वृद्धिमा जोड दिने पनि भनिएको छ ।
















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया