आईपीएल फाइनलमा गुजरातले चेन्नाईलाई दियो २१५ रन लक्ष्य
मेरोन्यूज
२०८० जेठ १५ गते २१:३२

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनल खेलमा गुजरात टाइटन्स (जीटी)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई २१५ रनको लक्ष्य दिएको छ ।
आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साविक विजेता जीटीले २० ओभर खेल्दै चार विकेट गुमाएर २१४ रन बनाएको हो । हिजो हुने खेल वर्षाका कारण रोकिएको थियो ।
खेलमा साही सुदर्शनले ४७ बल खेल्दै सर्वाधिक ९६ रन बनाए । वर्धिमन शाहले ५४ रन बनाउँदा शुभमान गिलले ३९ रन बनाए । यस्तै, कप्तान हार्दिक पाण्डेले २१ रन बनाए ।
बलिङतर्फ मथिशा पथिरानाले दुई विकेट लिए । यस्तै, रविन्द्र जेडिसा र दिपक चाहरले एक–एक विकेट लिए ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
Israel’s Foreign Minister congratulates Nepali counterpart
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
प्रतिक्रिया