सांसदलाई दिएको रकममा अनावश्यक व्याख्या नगर्न अर्थमन्त्रीको आग्रह
मेरोन्यूज
२०८० जेठ १६ गते १५:११

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा देखिएको आशंका काम गरेर हटाउने दाबी गरेका छन् ।
‘काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिन्छ, विगतमा गर्न नसकेका कामलाई तुलना गरेर बजेटमा राम्रा विषय धेरै, तर उपलब्धि कम हुन्छ भन्ने शंका कामबाट निवारण गरिन्छ,’ उनले भने ।
मन्त्री महतले अनावश्यक खर्च नगर्ने बताउँदै यसपालि कार्यान्वयन हुने गरी बजेट आएको दाबी गरे । मौद्रिक नीति र वित्त नीतिको सामन्जस्यताबाट अर्थतन्त्र चलायमान गराउन सकिने उनको भनाइ थियो ।
‘राजस्व नीतिमा सुधार गरेका छौँ, त्यसमा भएका लुपहोल हटाएका छौं, यसले आगामी दिनमा राजस्व वृद्धि हुने छ,’ मन्त्री महतले भने ।
सांसदलाई विकास निर्माणका लागि दिएको रकमलाई व्यक्तिलाई दिएजस्तो व्याख्या नगर्न उनको आग्रह थियो ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया