महोत्तरीको एनएमबी बैंकबाट लुटियो ३८ लाख रुपैयाँ
मेरोन्यूज
२०८० जेठ १६ गते १५:५५

महोत्तरी । जिल्लाको महोत्तरी गाउँपालिका २ बजारस्थित एनएमबी बैंकबाट ३८ लाख रुपैयाँ लुटपाट भएको छ । नकाब लगाएर हतियारसहित आएका चार जनाले ३८ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको हो ।
मंगलबार अपराह्न साढे १२ बजे बैंकमा प्रवेश गरेका उनीहरूले कर्मचारी तथा सेवाग्राहीलाई नियन्त्रणमा लिएर पैसा लुटेका हुन् ।
यता घटनाबारे अनुसन्धान तथा लुटेराहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीले प्राप्त सीसीटीभी फुटेज अनुसन्धान भइरहेकाले लुटेराहरू भाग्न सक्ने रुटसमेत तलास भइरहेको जनाएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया