कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला
मेरोन्यूज
२०८० जेठ १७ गते ११:२०

काठमाडौ। कुमारी बैंकले बुधबारदेखि बैंकको नाममा रहेको ७१ हजार २६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम ११० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ २४ गते बिहान १० बजे कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा खोलिनेछ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया