मंगलबार, चैत १७, २०८२

सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा

मेरोन्यूज २०८० जेठ १७ गते १६:२६

काठमाडौ। सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

Advertisement
nepal life insurencenepal life insurence

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी रकम बोलकबोल गर्नुपर्नेछ। 

संस्थापक सेयरधनीहरुलाई सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। यो अवधिभित्र संस्थापक सेयरधनीहरुले काठमाडाैँको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाएर खरिद आवेदन दिनुपर्नेछ। 

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ। 
 

प्रतिक्रिया