खाणको पक्षबाट २ पूर्वमहान्यायाधीवक्ता, बार अध्यक्षसहित डेढ दर्जनले बहस गर्ने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृण खाणका पक्षबाट २ पूर्वमहान्यायाधीवक्तासहित दर्जन बढीले बहस गर्ने भएका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, महादेव यादव बहस गर्दैछन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए ।
त्यस्तै नेपाल बार एसोसिएसनका वर्तमान र पूर्वअध्यक्षहरूले पनि खाणको पक्षमा बहस गर्दैछन् । बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष शेरबहादुर केसी र प्रमेबहादुर खड्काले खाणको पक्षबाट बहस गर्ने पूर्वमहान्यायाधीवक्ता खातीले जानकारी दिए ।
त्यसबाहेक हरिहर दाहाल योगेन्द्र अधिकारीसहित १८ जनाभन्दा बढी अधिवक्ताले खाणको पक्षबाट बहस गर्न नाम टिपाएको खातीले बताए । अघिकारी डेमोक्र्याटिक लयर्स एसोसिएसनका वर्तमान अध्यक्ष हुन् ।
खातीले बहस गर्न चाहने अधिवक्ताको संख्या धेरै भए पनि काँटछाँट गरिने बताए । ‘खाणको पक्षबाट बहस गर्न चाहने अधिवक्ता धेरैको संख्या धेरै छ । जानकारीमा आएअनुसार १८ जनाभन्दा धेरै अधिवक्ता छन् । तर, सबै अधिवक्ता बहसमा उत्रिन सम्भव छैन । काँटछाँट हुन्छ,’ खातीले मेरोन्यूजसँग भने ।
खातीले दर्जनजति वरिष्ठ अधिवक्ताले बहस गर्ने जानकारी दिए ।
















दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रतिक्रिया