सन्दिप लामिछाने भाेलि दक्षिण अफ्रिका जाने

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने र नेपाली राष्ट्रिय टिमका कोच मोन्टी देसाई सोमबार साँझ दक्षिण अफ्रिका प्रस्थान गर्ने भएका छन् । सन्दीप विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका हुन् । उनीसँगै प्रशिक्षक देसाई पनि अफ्रिका प्रस्थान गर्ने भएका छन् ।
जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्धको पेसी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघले उनलाई विश्वकप छनोट खेल्न पठाउन लागेको हो । असार २९ गतेभन्दा अगाडि पेसी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् ।
गत मंगलबार नै राष्ट्रिय टोली अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेसी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया