बिहारमा निमार्णधिन पुल भाँच्चियाे, भ्रष्टाचार भएकाे दावी

पटना। भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ ।
सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गंगा नदीमा खसेको देखिन्छ । यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।
गत ३० अप्रिल २०२२ मा यस पुलको पियर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो । त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो ।
प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बिच निर्माण भइरहेको यो पुल चार लेनको थियो । निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ । हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन । पुलको केही भाग खोलामा परेको देखेपछि घटनास्थलबाट केही दूरीमा उभिएका मानिसहरुमा भागदौड मच्चिएको थियो ।
बिहार सरकारले भागलपुरको गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएपछि छानबिन गर्न आदेश दिएको छ । बिहार सरकारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा पुल भत्किनुको कारण पत्ता लगाउने र दोषी पाइएमा कडा कारबाही गरिने उल्लेख गरिएको छ ।
भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएको विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले यस्तो पहिलोपटक नभएको बताएका छन् । उनका अनुसार सन् २०२२ मा पनि आँधीका कारण यसको माथिल्लो भाग खसेको जानकारी दिए ।
‘त्यसबेला प्रतिपक्षमा हुँदा पनि हामीले प्रश्न उठाएका थियौं’ उनले भने । सो बेला सरकारले आईआईटी रुर्कीलाई छानबिनको जिम्मा दिएको थियो, जसमा धेरै सुझावहरु पनि दिईएको थियो, सोही सुझावका आधारमा केही निर्माण कार्य भत्काइएको थियो।
सो पुल भत्किए पछि भाजपाले मुख्यमन्त्री नितिश कुमारमाथि हमला सुरु गरेका छन् । गंगामाथी भएको पुल भ्रष्टाचारको सिकार परेको भाजपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया