नेपालकाे सुन्दरताले लोभ्यायो, फेरि आउनेछुः अभिनेत्री भाग्यश्री

काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ ।
आईतवार काठमाडौंस्थित एक होटलमा ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण सम्पन्न भएको हो । फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर आयोजना भएको हो ।
समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपालमा आएका थिए ।
अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाएको बताइएको छ । कार्यक्रममा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन् । उनले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन् ।
उनले भनिन्, ‘नेपालको सुन्दरताको चर्चा विश्वभरमाछ, मैले यहाँ थोरै मात्रै घुमेको छु । तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु ।’
नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रश्तुति समेत रहेको सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री,अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झन्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहेको थियो ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया