करका दर हेरफेरमा केपी ओलीको आशंका, गाँजा खेतीबारे गरे प्रश्न
मेरोन्यूज
२०८० जेठ २३ गते १५:०१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले करका दर हेरफेर गरेको भन्नेबारे आशंका व्यक्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले करका दरबारे प्रश्न गरेका हुन् ।
यस्तै, उनले गाँजा खेती कसले गर्न खोजेको भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे । उनले गाँजा खेती कुनै व्यापारीले गर्न खोजेको भन्दै सर्वसाधरणलाई मारमा पार्न खोजेको आरोप लगाए ।
‘धान फलाउनु छैन, आलु फलाउनु छैन, यहाँ गाँजा खेती चाहिएको छ, कसलाई चाहिएको छ गाँजा खेती ? यत्तिकै उब्जिएको गाँजाबाट सर्वसाधरण जेल जान्छन्,’ अध्यक्ष ओलीले भने, ‘यहाँ गाँजाको बीउ लिएर बसेका व्यापारी को हो ?, कसलाई चाहियो गाँजा खेती ?’
यस्तै, उनले देशको आर्थिक वृद्धि अर्थमन्त्रीले भनेको जस्तो सहज नहुने दाबी गरे । उनले आर्थिक वृद्धि पूरा नहुँदा सरकारको अवस्था के हुने भन्दै प्रश्न गरे ।
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया